नवरात्रभरि अन्न ग्रहण नगरी नवदुर्गाको ब्रत र उपासना गर्दै कांग्रेस नेता पराजुली
विराटनगर । नवरात्रभरि अन्न ग्रहण नगरी देवीको आरधना गर्ने कार्यलाई नेपाली कांग्रेसका नेता भीम पराजुलीले यसपटक पनि निरन्तरता दिएका छन् । छठ पर्वमा समेत निराहार वसेर दण्डप्रणाम गर्ने पराजुलीले नवरात्रमा पनि विगत १० वर्ष यता अन्न ग्रहण नगरी ब्रत र उपासना गर्ने गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशको प्रदेश सभा सदस्य रहेका पराजुली धार्मिक कर्म गर्दा शान्तिको महसुस हुने बताउँछन् । सानै उमेरदेखि धार्मिक कर्म र अनुन्ठानका कार्य सँगै राजनीति ,समाजसेवामा समर्पित हुदै आएको पराजुलीको भनाइ छ ।
अखण्डरुपमा आफूले घटस्थापनादेखि दशमीसम्म अन्न ग्रहण नगरी अनुष्ठान गर्ने काम प्रत्येक वर्ष गर्ने गरेको उनले बताए । यसपटक सप्तमीको दिन भने निराहार व्रत बसेर शिव पाञ्चायन मन्दिर पोखरियामा राखिएको सामूहिक जमरा तथा देवीपुराणमा फूलपाती भित्राएको उनले बताए । नवमीको दिन आज भने नवकन्या पुजनको कार्यक्रम राखिएको उनले बताए ।
धार्मिक छवी बनाएका पराजुली धार्मिक अभियन्ता समेत हुन् । कांग्रेस केन्द्रीय समिति र प्रदेश सभामा समेत हिन्दुवादी एजेण्डामा उनी आफ्ना कुरा अडिग भएर राख्ने गरेका छन् । धेरै राजनैतिक फ्लोरहरुमा नेपाल हिन्दुराष्ट्र हुनुपर्ने आवाज समेत पराजुलीले उठाउदै आएका छन् । हिन्दु राष्ट्रको एजेन्डा कांग्रेसले बोकेर जनमतको कदर गर्नुपर्ने तर्क पराजुलीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण