आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भाइचारा र एकता अभिवृद्धि गर्न पर्वहरूको महत्त्वपूर्ण भूमिका : नेपाल

मङ्गलबार, ०७ कात्तिक २०८०, १० : २७
मङ्गलबार, ०७ कात्तिक २०८०

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन् ।

विजया दशमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्न यस्ता पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको खुसी, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

न्यायपूर्ण समाज निर्माणका लागि भ्रष्टाचार अन्त्य गरी जनतालाई जागृत गराएर सुशासन, समृद्धि कायम गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै  राजनीतिक उपलब्धिलाई पनि रक्षा गर्नुपर्नेमा जोड दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप