भाइचारा र एकता अभिवृद्धि गर्न पर्वहरूको महत्त्वपूर्ण भूमिका : नेपाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन् ।
विजया दशमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्न यस्ता पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको खुसी, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।
न्यायपूर्ण समाज निर्माणका लागि भ्रष्टाचार अन्त्य गरी जनतालाई जागृत गराएर सुशासन, समृद्धि कायम गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक उपलब्धिलाई पनि रक्षा गर्नुपर्नेमा जोड दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण