यसरी बनाउन सकिन्छ २ महिनासम्म राख्न मिल्ने ‘चिकेन अचार’
काठमाडौँ । दसैँ भन्नासाथ खानपिनको विषय त जोडी नै हाल्छ । तर, यो समयमा होटेल रेस्टुरेन्ट भन्दा पनि घरमै खानाका परिकारहरू पाक्ने गर्छन् । कारण प्राय मान्छेहरू परिवार र आफन्त भेट्न घर–घरमै वा गाउँ–गाउँसम्म पुग्ने गर्दछन् । यस्तो अवस्थामा होटेल रेस्टुरेन्टको स्वाद पाउने गरी कसरी घरमै खानाका परिकार तयार गर्न सकिन्छ धेरैलाई जिज्ञासा हुन सक्छ ।
दसैँमा आफ्नै घरमा खानाका मिठो–मिठो परिकार कसरी बनाउने सकिन्छ ? यस बारेमा रातोपाटी दसैँ विशेष स्तम्भमामा हामीले चिकेन अचारको रेसिपि प्रस्तुत गर्दै छौं । चिकेन अचार दसैँमा धेरै भएको मासुको सदुपयोग गर्दै २ महिना लामो समयसम्म राखेर खान पनि सकिन्छ । ललितपुरको बखुण्डोल रोडमा रहेको ज्याकाराण्डा रेस्टुरेन्टमा तयार गरिने मिठो ‘ज्याकाराण्डा स्पेसल चिकेन अचार’ त्यहीका सेफ विजय तामाङको रेसिपीमा तयार यो भिडियो ः
के के चाहिन्छ त चिकेन अचार बनाउन ? (आवश्यकता अनुसार)
– कुखुराको मासु (बोनलेस)
– खुर्सानीको धुलो
– हरियो खुर्सानी
– जिरा
– लसुन
– टिम्मुर
– धनियाँ
– तोरी
– अदुवा
– नुन
– लप्सीको माडा
– तोरीको तेल
– गरम मसला

बनाउने तरिका
सबैभन्दा पहिले बोनलेस चिकेन काटेर तयार गर्ने । तोरीको तेलमा बिस्तारै चलाउँदै फ्राई गर्दै त्यसमा मसिनो पारेर काटिएको अदुवा, लसुन र खुर्सानी हालेर एक छिन चलाने । त्यसपछि खुर्सानीको धुलो, टिम्मुर र अन्य मसला हालेर फेरी एक छिन चलाउने । अन्तिममा आवश्यकता अनुसार लप्सीको माडा हालेर चलाएपछि अचार तयार हुन्छ । अचार केही सेलाएपछि सिसाको बोतलमा मज्जासँग राख्न सकिन्छ र यसलाई दुई महिनासम्म राखेर खान सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण