शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी बनाउन सकिन्छ २ महिनासम्म राख्न मिल्ने ‘चिकेन अचार’

बुधबार, ०८ कात्तिक २०८०, १३ : १३
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । दसैँ भन्नासाथ खानपिनको विषय त जोडी नै हाल्छ । तर, यो समयमा होटेल रेस्टुरेन्ट भन्दा पनि घरमै खानाका परिकारहरू पाक्ने गर्छन् । कारण प्राय मान्छेहरू परिवार र आफन्त भेट्न घर–घरमै वा गाउँ–गाउँसम्म पुग्ने गर्दछन् । यस्तो अवस्थामा होटेल रेस्टुरेन्टको स्वाद पाउने गरी कसरी घरमै खानाका परिकार तयार गर्न सकिन्छ धेरैलाई जिज्ञासा हुन सक्छ । 

दसैँमा आफ्नै घरमा खानाका मिठो–मिठो परिकार कसरी बनाउने सकिन्छ ? यस बारेमा रातोपाटी दसैँ विशेष स्तम्भमामा हामीले चिकेन अचारको रेसिपि प्रस्तुत गर्दै छौं ।  चिकेन अचार दसैँमा धेरै भएको मासुको सदुपयोग गर्दै २ महिना लामो समयसम्म राखेर खान पनि सकिन्छ । ललितपुरको बखुण्डोल रोडमा रहेको ज्याकाराण्डा रेस्टुरेन्टमा तयार गरिने मिठो ‘ज्याकाराण्डा स्पेसल चिकेन अचार’ त्यहीका सेफ विजय तामाङको रेसिपीमा तयार यो भिडियो ः 

के के चाहिन्छ त चिकेन अचार बनाउन ? (आवश्यकता अनुसार)

– कुखुराको मासु (बोनलेस)

– खुर्सानीको धुलो

– हरियो खुर्सानी

– जिरा

– लसुन

– टिम्मुर

– धनियाँ

– तोरी

– अदुवा

– नुन

– लप्सीको माडा

– तोरीको तेल

– गरम मसला

_MG_2070

बनाउने तरिका

सबैभन्दा पहिले बोनलेस चिकेन काटेर तयार गर्ने । तोरीको तेलमा बिस्तारै चलाउँदै फ्राई गर्दै त्यसमा मसिनो पारेर काटिएको अदुवा, लसुन र खुर्सानी हालेर एक छिन चलाने । त्यसपछि खुर्सानीको धुलो, टिम्मुर र अन्य मसला हालेर फेरी एक छिन चलाउने । अन्तिममा आवश्यकता अनुसार लप्सीको माडा हालेर चलाएपछि अचार तयार हुन्छ । अचार केही सेलाएपछि सिसाको बोतलमा मज्जासँग राख्न सकिन्छ र यसलाई दुई महिनासम्म राखेर खान सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप