मुगु हत्याकाण्ड : कुकुरसहितको विशेष अनुसन्धान टोली घटनास्थलमा
सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी तीन छोराछोरी र आमाको हत्याको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।
मुगु प्रहरीले शुक्रबारदेखि सिल गरेर राखेको घटनास्थलमा प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट मुगुका लागि हिडेको कुकुरसहितको टोली घटनास्थलमा पु्गिसकेको हो । अहिले अनुसन्धान भइरहेको मुगुका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले रातोपाटीलाई जानकारी दिए ।
२८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको बताइएको छ ।
घटनास्थल रक्ताम्य रहेको हुनाले हत्या नै भएको दाबी प्रहरीको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालका अनुसार उक्त घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण