कतै हराएछु भने म
ओ, आँखाको नानी बनी
मेरो आँखामा बसेकी मेरी माया
मेरो हृदयको सास बनी धड्किरहेकी
प्यारी मुटु, मेरो श्वास, मेरो अक्सिजन
म बोल्दा बोल्दै तिमीसँग
हाँस्दा हाँस्दै तिमीसँग
र, मुस्कुराउँदा मुस्कुराउँदै तिमीसँग
कतै दोबाटोमा छुटे भने
नखोज्नु मलाई हल्लै हल्लाको कोलाहल सहरमा
नखोज्नु मलाई स्वार्थी मान्छेहरूको भीडमा
नखोज्नु जुकर बर्गको फेसबुकमा
नखोज्नु इन्टरनेट र गुगलमा
बरु छाम्नु तिम्रै देब्रे पाटोको छाती
तिम्रो स्वास बनी हरेक पल
तिम्रै नाम लिएर म धड्किरहेको हुनेछु
निरन्तर, निरन्तर ।
तिमीले भगवान्लाई
फुल चढाइरहेको बेला
त्यही फूलको सुगन्ध
र, सौन्दर्यतामा खोज्नु मलाई
म त्यही फुलको माधुर्यतामा
लीन भई बसिरहेको हुनेछु
तिमी रुँदा तिम्रा आँखाबाट
झरिरहेको आँशुमा खोज्नु मलाई
त्यही आँशुमा मिसिएर
म जमिनमा पोखिरहेको हुनेछु
पूर्णिमाको रात आकाशमा
जून चम्किरहेको देख्यौँ भने
सम्झिनु मेरो पागलप्रेमीले
आकाशबाट मुस्कुराएर
मलाई नै हेरिरहेको छ भनेर
कुनै बालकले
एक टकले तिमीलाई हेर्यो भने
भगवान्कै अवतार मानिने बालकको
ती निर्दोष आँखा र अनुहारमा
खोज्ने प्रयास गर्नु मलाई
म त्यही शालीनता
र, निर्दोषपनमा लुकेर बसेको हुनेछु
आकाशमा उडिरहेको कुनै चरा देख्यो भने
सम्झनु मेरो माया मलाई नै खोज्न
आकाशमा भौँतारिरहेका छ भनेर
तिमीले लेख्दै गर्दा
म मसी बनेर कागजमा पोखिरहेको हुनेछु
तिमीले बोल्दै गर्दा
तिम्रो आवाज बनी गुञ्जिरहेको हुनेछु
तिमी मुस्कुराउँदा, म तिम्रै मुस्कानमा
मिसिएर मुस्कुराई रहेको हुनेछु ।
कतै बगिरहेको नदी देख्यौँ भने
सम्झिनु म त्यही पवित्र नदीको
कञ्चन पानी बनी छचल्की रहेको हुनेछु
तिमी हिँडिरहेको बेला
फर्केर आफ्नै छायालाई हेर्नु
म तिम्रै छाया बनी
तिमीलाई नै पछ्याइरहेको हुनेछु
तिमीले हार्दा म तिमीसँगै हारिरहेको हुनेछु
तिमीले जित्दा म तिमीसँगै जितेर
तिमीसँगै खुसी मनाइरहेको हुनेछु
त्यसैले, मलाई बाहिर होइन
तिमीभित्रै खोज्नु
म तिमीभित्रै हुनेछु ।
बाँके
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण