एकै पटक पर्यटक ओइरिँदा रारा अस्तव्यस्त, होटेलको अभावमा खान बस्न समस्या !
काठमाडौँ । दसैँ–तिहारको मौसममा एकै पटक पर्यटक ओइरिँदा राराको पर्यटन व्यवसाय अस्तव्यस्त बन्न पुगेको छ । वर्षभरी अरू समयमा प्रायः शून्य हुने मुगुको रारामा दसैँ–तिहारको बेला भने थेगिनसक्नुको पर्यटक लाग्ने गरेको छ । जसका कारण पछिल्लो हप्ता रारामा बढेको पर्यटकको फ्लोलाई होटेलहरुले धान्न नसकिरहेको सोही क्षेत्रका पर्यटन व्यवसायी एवं कर्णाली टूरिजम इन्टरपिनरशिप सोसाइटी (केटीईएस) का अध्यक्ष देवि कृष्ण रोकायले रातोपाटीलाई जानकारी दिए ।
‘केही दिनयता राराको पर्यटक थेगिनसक्नु गरेर बढेको छ । यहाँका होटेल, लजहरूले धान्न सकिरहेका छैनन्’ रोकायले रातोपाटीसँग भने, ‘दिनमा नै एक हजार भन्दा बढी पर्यटक ओइरिएपछि यहाँको सीमित होटेलले कसरी धानोस् ।’
अध्यक्ष रोकायका अनुसार हाल रारा केन्द्रित पर्यटन व्यवसायका लागि ८ वटा सुविधा सम्पन्न पर्यटनमैत्री होटेल रहेका छन् । जसमा सबैगरी कम्तीमा ८० वटा रुम रहेका छन् । सालाखाला एउटा रूपमा चार जनाका दरले पाहुना राख्ने हो भने पनि बढीमा ३२० जना मात्र राख्न सकिन्छ । तर, एकै दिन एक हजार प्लस पर्यटकहरू रारा ओइरिएपछि धान्न मुस्किल परेको उनको भनाइ छ ।
‘हिजो शनिबार मात्र करिब १५ सय पर्यटक रारा ओइरिए । कहाँ बस्ने, के खाने टुङ्गो छैन । आएका पाहुनाहरुलाई त्यसै बाहिर छाड्न पनि सकिएन । जसोतसो एउटै कोठामा ५–७ जना राखेर भएपनि एड्जस्ट गरियो’ रोकायले रातोपाटीसँग भने ।
पछिल्ला दिनहरुमा दैनिक ३ देखि ४ सय हाराहारी पर्यटक रारा झरिरहेका छन् । तर, यहाँका सीमित होटेलहरुले धान्न मुस्किल परिरहेको रोकायको भनाइ छ ।

‘सबै होट]लहरु गरी राराको पर्यटन क्षमता २ सय देखि ३ सय हो । तर, एकै दिन एक हजार प्लस पर्यटक ओइरिँदा समस्या पर्छ । जम्मा ८० वटा रूप रहेकोमा अझ जोडिजोडिमा पाहुना आउने हो भने त झन् कठिन हुन्छ’ उनले भने ।
मौसमका बेला एकै पटक पर्यटक ओइरिने हुँदा पर्यटकहरूले पनि खाने बस्ने सुविधा वा उपलब्ध हेरेर मात्र जानु पर्ने उनको सुझाव छ । ‘लहटका भरमा यात्रा नगर्न म सबै आगन्तुक पाहुनाहरुलाई आग्रह गर्दछु । बाटोको अवस्था कस्तो छ ? कस्तो साधनमा जाने ? मौसम कस्तो छ ? खाने बस्ने ठाउँको उपलब्धता छ÷छैन? यकिन गरेर मात्र आउनु होला । होटेल बुकिङ गरेर मात्र आउन म पर्यटकहरूलाई विशेष आग्रह गर्दछु’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण