सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

४ अर्ब भारतीय भारु नदिए अम्बानीलाई मार्ने अर्को धम्की

मङ्गलबार, १४ कात्तिक २०८०, १३ : ४०
मङ्गलबार, १४ कात्तिक २०८०

नयाँ दिल्ली । भारतीय व्यापारी मुकेश अम्बानीलाई पछिल्ला केही दिनयता ज्यान मार्ने धम्की आइरहेको छ ।
पछिल्लो पटक सोमबार उनलाई ४ खर्ब भारतीय रुपैयाँ (भारु) नदिए मार्ने धम्कीसहितको एक इमेल आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै खालको यो तेस्रो धम्कीपूर्ण इमेल भएको समाचारमा उल्लेख छ । 

यस अघि भने उनीसँग २ अर्ब भारु मागिएको थियो । अगाडि पठाएको मेलको जवाफ नआएको भन्दै पछिल्लो मेलमा रकम बढाएर पठाइएको प्रेषकले बताएका छन् । अम्बानीका सुरक्षा सुपरभाइजरले शुरुआती इमेल लगत्तै गामदेवी प्रहरी थानामा एफआईआर लेखाएका थिए । 

शुक्रबार एक अज्ञात प्रेषकबाट २ अर्ब भारु नदिए अम्बानीलाई मार्ने धम्की दिँदै मेल पठाएका आएको थियो । कम्पनीको नाममा सोमबार तेस्रो मेल आएको थियो । इमेल पठाउने व्यक्तिको खोजीलाई प्रहरीहरुले तीव्र पारेको बताइएको छ । 

गएको वर्ष पनि मुकेश अम्बानी र उनको परिवारको सदस्यहरुलाई मार्ने धम्की दिने बिहार दरभंगाका एक व्यक्तिलाई मुम्बई प्रहरीले समातेका  थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप