४ अर्ब भारतीय भारु नदिए अम्बानीलाई मार्ने अर्को धम्की
नयाँ दिल्ली । भारतीय व्यापारी मुकेश अम्बानीलाई पछिल्ला केही दिनयता ज्यान मार्ने धम्की आइरहेको छ ।
पछिल्लो पटक सोमबार उनलाई ४ खर्ब भारतीय रुपैयाँ (भारु) नदिए मार्ने धम्कीसहितको एक इमेल आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै खालको यो तेस्रो धम्कीपूर्ण इमेल भएको समाचारमा उल्लेख छ ।
यस अघि भने उनीसँग २ अर्ब भारु मागिएको थियो । अगाडि पठाएको मेलको जवाफ नआएको भन्दै पछिल्लो मेलमा रकम बढाएर पठाइएको प्रेषकले बताएका छन् । अम्बानीका सुरक्षा सुपरभाइजरले शुरुआती इमेल लगत्तै गामदेवी प्रहरी थानामा एफआईआर लेखाएका थिए ।
शुक्रबार एक अज्ञात प्रेषकबाट २ अर्ब भारु नदिए अम्बानीलाई मार्ने धम्की दिँदै मेल पठाएका आएको थियो । कम्पनीको नाममा सोमबार तेस्रो मेल आएको थियो । इमेल पठाउने व्यक्तिको खोजीलाई प्रहरीहरुले तीव्र पारेको बताइएको छ ।
गएको वर्ष पनि मुकेश अम्बानी र उनको परिवारको सदस्यहरुलाई मार्ने धम्की दिने बिहार दरभंगाका एक व्यक्तिलाई मुम्बई प्रहरीले समातेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण