एमबीबीएस अध्ययनका लागि राक्सिराङ गाउँपालिकाले अनुदान दिने
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चिकित्सा शिक्षा अन्तर्गत मेडिकल डाक्टर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान सहयोग प्रदान गर्ने भएको छ । गाउँपालिकाले चिकित्सा शिक्षातर्फ स्नातक तह (एमबीबीएस) अध्ययन गर्ने विद्यार्थीहरुलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय अनुसार सार्वजनिक सूचना जारी गरेको हो ।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार एमबीबीएस अध्ययन सहयोग अनुदान लिन चाहने विद्यार्थीलाई आवेदन पेस गर्न आग्रह गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रममा नै सो कार्यक्रम समावेश गरेको र गाउँसभाबाट एमबीबीएस अध्ययन सहयोग अनुदान कार्यक्रम स्वीकृत गरिएकाले उक्त कार्यक्रम कार्यान्वयनका लागि सूचना जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।
गाउँपालिकाका स्थायी बसोबास गरी हाल मान्यता प्राप्त शिक्षण अनुदान प्राप्त गर्नका लागि सूचना जारी भएको मितिले १५ दिन (मंसिर ४ गते) भित्र आवेदन पेस गर्न भनिएको छ ।
अनुदानका लागि तोकिएको ढाँचा अनुसारको आवेदन पत्रसहित आवश्यक शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस पत्र, अन्य कुनै ठाउँबाट कुनै किसिमको छात्रवृत्ति तथा करारमा अध्ययनरत हो वा होइन स्पष्ट खुल्ने गरी सम्बन्धित अध्ययनरत शिक्षण संस्थाको सिफारिस पत्र र विवाहित विद्यार्थीको हकमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपिको पेस गर्न सूचना मार्फत गाउँपालिकाले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण