भारतमा आइफोन १७ बन्ने
नयाँ दिल्ली । भारतमा छिट्टै नै आइफोन १७ बनाउन थालिने छ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका लागि करारमा उपकरणहरू बनाइदिने ताइवानी कम्पनी फक्सकोन, पेगाट्रोन र टाट ग्रुपको विष्ट्रोन मिलेर छिटोमा सन् २०२४ को पूर्वाद्र्धदेखि नै आइफोन १७ बनाउन सुरु गर्ने अपेक्षा गरिएको छ ।
एप्पलको नयाँ प्रडक्ट चीन बाहिरबाट आउन लागेको यो पहिलो पटक हुने एप्पलका विश्लेषक मिङ चि कुओले भनेका छन् । यसलाई एप्पलले चीनबाहिर सस्तोमा आइफोन बनाउने नयाँ ठाउँ खोजिरहेको रुपमा हेरिएको छ । योसँगै भारत एप्पलका लागि म्यानुफ्याक्चरिङ हबको रुपमा उदाउनेछ । तर आइफोनका प्रो मोडलहरू भने अझै पनि चीनमै बन्ने आशा गरिएको छ । चीन एप्पलको शीर्ष आपूर्तिकर्ता हो ।
सबै प्रक्रियाहरू योजना अनुरूप अगाडि बढे भने आइफोन १७ को एनपीआई सन् २०२४ को दोस्रो अर्धवार्षिकमा सम्पन्न हुनेछ अनि फोन २०२५ मा रिलिज हुनेछ । अहिले विश्वभर निर्यात हुने १२ देखि १४ प्रतिशत आइफोन भारतमा बनेका हुन् । सन् २०२४ सम्ममा यसलाई बढाएर २० देखि २५ प्रतिशतमा पुर्याउने एप्पलको लक्ष्य छ ।
सो अवधिसम्म चीनको चङचाउ र ताइयुआनमा रहेको फक्सकोनको कारखानामा आइफोनको उत्पादन क्रमशः ३५ देखि ४५ प्रतिशत र ७५ देखि ८५ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । आइफोन बनाउन एप्पल चीनमाथि निर्भर छ । चीन र अमेरिकाबीचको तनाव अनि कोभिडका कारण आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएयता एप्पल चीनमाथिको निर्भरता कम गर्न लागिरहेको छ । यस्तोमा भारतलाई उपर्युक्त विकल्पको रुपमा हेरेर कम्पनीले त्यहाँ लगानी बढाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण