रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले संसदमा बोलेका कुरा समेत नसुन्ने सरकारले जनताले बोलेको के सुन्छ भन्दै कटाक्ष गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले कटाक्ष गरेका हुन् ।
उनले भने– ‘प्रत्येक संसद् बैठकमा हामी सांसदले राष्ट्रिय महत्त्व सहितका आफ्ना निर्वाचन क्षेत्रका विषय राख्दै आएका छौँ । कहिले मलिन भएर कहिले चर्को स्वरमा नागरिकका आवाज हामीले उठाउँदै आएका छौँ । जनताका दुःख पीडा माग आवश्यकता जस्ताको तस्तै आफ्नो क्षमता अनुसार सुनुवाइ गर्ने कोसिस गर्दै आइरहेका छौँ । मन्त्रीदेखि प्रधानमन्त्रीलाई सोध्छौँ ता कि जनतालाई आश्वस्त पार्न सकियोस् । तर दुःखका साथ भन्छु यो संसदले हामी जनप्रतिनिधिकै आवाज सुनेको छैन भने नागरिक तहको आवाज के सुन्थ्यो ? सुनेको छैन ।’
कुनै सांसदले उठाएको गुनासो, प्रश्न सरकारले सम्बाेधन गरेको भए त्यसलाई संयोग मात्र माने हुने अवस्था रहेको बताए । सदनमा आरोप पत्या रोप मात्र हैन फौजदारी अभियोग नै दर्ज गराउनुपर्ने खालको आरोपको खेती हुने बताए । शीर्ष भनिएका नेताहरुको भाषणमा कुण्ठा चल्ने, मिथ्याङ्क राख्ने र संसद् बन्धक समेत बनाउने गरेको बताए । उनले संसद्लाई जनताको आवाज मुखरित गर्ने थलो बनाउन नसकिएको र बिधायकी कामको गति र मति हेर्ने हो भने पनि झन् टिठलाग्दो रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण