समाजवादी मोर्चाको काठमाडौँ संयोजन समिति गठन
काठमाडौँ । समाजवादी मोर्चा नेपालले काठमाडौँ जिल्ला संयोजन समिति गठन गरेको छ । बिहीबार भएको मोर्चा आबद्ध दलहरूको भेलाले मोर्चा गठन गरेको हो ।
मोर्चाको काठमाडौँ समिति संयोजकमा नेकपा एकीकृत समाजवादीका एलपी श्रेष्ठ चयन भएका छन् । समितिमा श्रेष्ठसहित ध्रुव न्यौपाने, नेकपा माओवादी केन्द्रबाट सञ्जय लामा र महेश्वर फुयाँल नेकपाबाट भृकुटी सी र सुरेन्द्र सी तथा जनता समाजवादीबाट अजित पुतुवारसहित एकजना पछि थप गर्ने गरी समिति गठन गरेको नेताहरूले बताएका छन् ।
समिति गठन कार्यक्रममा समाजवादी मोर्चा नेपालका केन्द्रीय सदस्य सचिव तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल प्रमुख अतिथि रहेको हमालले मोर्चा गठन र उद्देश्यमाथि प्रकाश पार्दै निर्देशनात्मक मन्तव्य राखेका थिए ।
कार्यक्रममा समाजवादी मोर्चा नेपाल बाग्मती प्रदेश संयोजक तथा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल, नेकपाका तर्फबाट मोर्चाका वाग्मती सदस्य सन्तोषी सी, जसपाको तर्फबाट मोर्चाका बाग्मती प्रदेश सदस्य तथा जसपा बाग्मती अध्यक्ष जय गोलेसहित नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा काठमाडौँ इन्चार्ज वसन्त मानन्धरको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण