शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतिष शास्त्रको वैज्ञानिक अध्ययनमा सञ्चारमन्त्रीको जोड

बिहीबार, १६ कात्तिक २०८०, १९ : २०
बिहीबार, १६ कात्तिक २०८०

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ज्योतिष विद्याको वैज्ञानिक अध्ययन आवश्यक भएको बताएकी छन् । 

नेपाल ज्योतिष परिषद्को १८औँ राष्ट्रिय सम्मेलनको घोराहीमा भएको कार्यक्रममा मन्त्री शर्माले ज्योतिषबारे भएका भ्रम हटाएर यो वैज्ञानिक र पूर्वीय दर्शनको महत्त्वपूर्ण पाटो हो भनेर बुझ्नुपर्ने बताइन् । “पूर्वीय दर्शनप्रतिको विश्वास संसारभर छ तर यो विज्ञान हाम्रो हो भनेर अपनत्व र अधिकार कायम गर्न सकेका छैनौँ”, उनले भनिन् ।

पूर्वीय दर्शनको ज्ञानका आधारमा वैज्ञानिक आविष्कार भएका बताउँदै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संस्कृत विश्वविद्यालयलाई केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । उनले धार्मिक सहिष्णुता कायम गर्न सबै नेपाली सधैँ सजग एवं एकताबद्ध हुनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप