सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्यो भारत
बिहीबार, १६ कात्तिक २०८०, २१ : २५
काठमाडौँ । एक दिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत आयोजक राष्ट्र भारत सेमिफाइनलमा पुग्ने पहिलो टिम भएको छ ।
बिहीबार श्रीलंकालाई पराजित गरेसँगै भारतले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । जारी प्रतियोगितामा भारतले लिग चरणका सात खेल खेल्दै सात वटैमा जित हासिल गरेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको भारतले लिग चरणमा अब दक्षिण अफ्रिका र नेदरल्याण्ड्ससँग खेल्न बाँकी छ ।
लिग चरणका आफ्ना दुई खेल बाँकी रहँदै भारतले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेश सेमिफाइनलको रेसबाट पूर्ण रुपमा बाहिरिइसकेको छ ।
साविक विजेता इङ्ग्ल्याण्ड अंकतालिकाको पुछारमा रहे पनि ६ खेलमा एक जित हासिल गरेको यो टिम गणितीय रुपमा सेमिफाइनल पुग्ने झिनो आशामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण