सुनको मूल्य तोलामा ८ हजार २०० रुपैयाँ घट्यो
आइतबार, २४ जेठ २०८३, ११ : ०६
सारांश
- नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
- यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो, जसले गर्दा दुई दिनको अवधिमा सुनको मूल्यमा प्रतितोला ८ हजार २०० रुपैयाँले कमी आएको छ।
- आज चाँदीको मूल्यमा तोलामा ३३५ रुपैयाँले गिरावट आएको छ।
काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ८०० रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। यस हिसाबले दुई दिनको अन्तरमा सुनको मूल्यमा प्रतितोला ८ हजार २०० रुपैयाँले कमी आएको छ। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ८९० रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट आएको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। गत जेठ २२ गते चाँदीको मूल्य प्रतितोला ५ हजार २३० रुपैयाँ रहेको थियो।
आज चाँदीको मूल्यमा तोलामा ३३५ रुपैयाँले गिरावट आएको हो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण