रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले १९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १२४ मत प्राप्त गरे ।
सभापति पदका अर्का उम्मेदवार केदार रजौरेले छ र किरणकुमार आचार्यलेले दुई मत प्राप्त गरेका छन् ।
उपसभापति पदमा निराजन थापा विजयी भएका छन् । उनले २४१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी सुनिता रावतले ८० मत प्राप्त गरे ।
त्यसैगरी, सचिवमा असीम भुसाल निर्वाचित भएका छन्। उनले २०० मत प्राप्त गरे भन अर्का उम्मेदवार बलीराम खत्रीले १२३ मत प्राप्त गरे ।
सहसचिवमा प्रमिला रोका विजयी भएकी छन् । उनले १४८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वीद्वय क्रमशः दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरे ।
यसैगरी, सदस्यहरुमा प्रताप पुन, चुम्मन चौधरी, गोमा शर्मा, पवित्रा विक निवार्चित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण