व्यक्तिवादी चरित्रले कांग्रेसमा किचलो बढ्याे : .शेखर कोइराला
शनिबार, १८ कात्तिक २०८०, २२ : ००
मलेखु । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेताहरुको व्यक्तिवादी चरित्रले नेपाली कांग्रेसमा किचलो बढेको आरोप लगाएका छन् ।
कांग्रेस राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा आन्तरिक झगडामा रुमल्लिनु दुःखद् भएको नेता कोइरालाले बताए । बिपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको उल्लेख गर्दै कोइरालाले नेताहरुकै कमजोरीका कारण कांग्रेसको छवि धूमिल भएकामा चिन्ता व्यक्त गरे ।
नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै नेता कोइरालाले अब हुने सबै निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गरे । उक्त सम्मेलनलाई संस्थापन पक्षका नेताले बहिष्कार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण