आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताल बनाउन नासों गाउँपालिकालाई दिए गुरुङले निःशुल्क जग्गा

बुधबार, २२ कात्तिक २०८०, २१ : २२
बुधबार, २२ कात्तिक २०८०

पोखरा ।  मनाङको नासों गाउँपालिकामा अस्पताल निर्माण गर्न एक व्यक्तिले जग्गा दान गरेका छन् । पालिका अध्यक्ष धनबहादुर गुरुङको विशेष पहलमा स्थानीय डा. देवीजंग गुरुङले जग्गा दान गरेका हुन् । 

नासों ५ थोंचे स्थित उक्त जग्गा हिमालयन फ्यामिली हेल्थकेयर प्रोजेक्जको नाममा थियो । ६ रोपनी ११ आना मध्ये ५ रोपनी जग्गा पालिकालाई निःशुल्क दान गरेका हुन् ।  मनाङमा जन्मिएर अमेरिका बस्दै आएका उनले दान गरेको जग्गाको मुल्य चलनचल्ती अनुसार ७५ लाख हाराहारी पर्छ । गाउँपालिकाले ५ शैय्याको अस्पताल निर्माण गर्ने क्रममा छ । 

तर जग्गा नभएका कारण अस्पताल बन्न सकेको थिएन । हिमालयन फ्यामिली हेल्थ केयर प्रोजेक्टका संस्थापक तथा कार्यकारी निर्देशक समेत रहेका गुरुङले आफ्नो संस्थाको उद्देश्यसँग मेल खाने गरि पालिकाले काम गर्न लागेकोले जग्गा उपलब्ध गराएको बताए । 

‘हामीले पनि अस्पताल बनाउनकै लागि जग्गा खरिद गरेर राखेका थियौं । अहिले पालिकाले पनि अस्पताल बनाउन लागेको छ,’ उनले भने, ‘सानो ठाउँमा फरक फरक अस्पताल बनाउनु भन्दा एकीकृत रुपमा बनाए राम्रो हुन्छ ।’ 

पालिका अध्यक्ष गुरुङले जग्गा निशुल्क उपलब्ध गराएकोमा संस्था र निर्देशकलाई धन्यवाद दिएका छन् । ‘लामो प्रयासपछि जग्गा प्राप्त गरेका छौं । अब डीपीआर गरेर निर्माणको प्रक्रिया थाल्छौं,’ उनले भने, ‘हाम्रो अभियानमा साथ दिनुभएकोमा उहाँहरुलाई ९दानवीर० धेरै धन्यवाद व्यक्त गर्दछौं ।’

hh

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप