जलवायु वार्तामा अमेरिकासँग ‘सकारात्मक परिणाम’ आएको छ– चीन
बेइजिङ । बिहीबार चीनले दुबईमा कोप २८ शिखर सम्मेलन हुनुभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकासँग भएको जलवायुसम्बन्धी वार्तामा ‘सकारात्मक परिणाम’ आएको बताएको छ । चीन र अमेरिका विश्वका सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हुन् ।
बेइजिङको पारिस्थितिकीय तथा पर्यावरण मन्त्रालयका अनुसार अमेरिकी जलवायु दूत जोन केरी र उनका चिनियाँ समकक्षी झि झेनहुवाबीच बुधबार भएको कुराकानी ‘सफलतापूर्वक सम्पन्न’ भएको छ । “दुवै पक्ष विचारहरूको विस्तृत र गहिरो आदानप्रदानमा संलग्न रहे र द्विपक्षीय जलवायु परिवर्तन सहयोग र कार्यको विकासमा सकारात्मक परिणाम हासिल गरे”, मन्त्रालयले भनेको छ, “बेइजिङ र वासिङ्टन कोप २८ सम्मेलनको सफलताका लागि संयुक्तरूपमा प्रयास गर्न सहमत भएका छन् ।”
कोप २८ शिखर सम्मेलनका लागि मुलुकहरू यसै महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्मा भेला हुनेछन् । विश्वव्यापी तापक्रमलाई सीमित गर्नका लागि आम सहमति बनाउनु शिखर सम्मेलनको उद्देश्य रहेको छ । विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन चीनले सन् २०३० सम्ममा कार्बनडाइअक्साइडको अधिकतम उत्सर्जन गर्ने र सन् २०६० सम्ममा कार्बन तटस्थ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
उक्त प्रतिबद्धताले आफ्नो लक्ष्यलाई अधिक महत्त्वाकांक्षी बनाउन सक्छ भन्ने पश्चिमी कूटनीतिज्ञहरूको सुझावलाई चीनले खारेज गरेको छ । बेइजिङको पर्यावरण मन्त्रालयले धेरै शक्तिशाली हरितगृह ग्यास मिथेनको उत्सर्जनलाई रोक्नका लागि एउटा व्यापक तर अस्पष्ट योजना सुरु गरेको मङ्गलबार बताएको छ । उक्त योजनाले उसको उत्सर्जनलाई कम गर्नका लागि कुनै विशिष्ट लक्ष्य दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर