सर्पको टपिङ भएको पिज्जा खाने हो त ?
काठमाडौँ । तपाईँले अनेक खालको पिज्जा खानु भएको होला । सबै आ–आफ्नो रुचि अनुसार पिज्जामा टपिङ राख्न लगाउँछन् ।
कसैलाई टन्नै तरकारी भएको पिज्जा मन पर्छ कसैलाई कुखुराको मासु र कसैलाई चिज ब्रस्र्ट । तपाईँले सर्पको टपिङ भएको पिज्जाको बारेमा सुन्नु भएको छ वा खानु भएको छ ? वा कसैले तपाईँलाई यसको अफर गरेको छ कि ?
शीर्ष पिज्जा कम्पनी पिज्जा हटले सर्पको टपिङयुक्त पिज्जाको अफर दिइरहेको छ । सीएनएनमा छापिएको एउटा समाचारका अनुसार पिज्जा हटले हङकङस्थित आफ्ना ग्राहकहरुलाई सर्पको टपिङ भएको पिज्जा दिइरहेका छन् ।
यो विशेष एडिशन भएको कम्पनीको दाबी छ । यो पिज्जाले चिसोमा मानिसहरुलाई तातो राख्ने अनि सर्पको मासुको फ्लेभर पनि चखाउने कम्पनीको भनाइ छ । पिज्जा हट अमेरिकी कम्पनी हो । यसको आउटलेट संसारभरि नै छ ।
कम्पनीले हालै हङकङमा स्नेक पिज्जाको शुरुआत गरेको छ । सामाजिक सञ्जालमा यसको मार्केटिङ देखेर मानिसहरु भड्किरहेका छन् । तर कम्पनीले हङकङका ग्राहकहरुलाई टार्गेट गरेको हो । त्यहाँका मान्छेहरु सर्पको मासु खान्छन् । शर्दिको बेलामा सापको मासुको सुप बनाएर पिउँछन् । दक्षिण चीनबाहेक दक्षिण एशियाका केही हिस्सामा पनि सर्पको मासु खाइन्छ । चीनको केही स्थानमा सर्प भोजनका लागि पालिन्छ । पछिल्लो समय विश्वका कयौँ देशहरुले पनि स्नेक फार्मिङ सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
सहकारी विधेयकमाथि थापाको प्रश्न : पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?
-
स्ट्रेट अफ होर्मुजमा तानातानः इरान–अमेरिका सम्झौता संकटमा
-
भदौ २३ र २४ पछि प्रतिगमनको सिलसिला जारी छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण