सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

ओसिनिया क्षेत्रको प्रतिनिधित्व गरेको एक मात्र राष्ट्रको यात्रा समूह चरणमै सकियो

आइतबार, १४ असार २०८३, १६ : ४५
आइतबार, १४ असार २०८३

सारांश

  • सन् २०२६ को फिफा विश्वकपमा ओसिनिया क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएको न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको छ ।
  • यसअघि सन् १९७४ मा अस्ट्रेलिया र सन् १९८२ मा न्युजिल्यान्डले यस क्षेत्रबाट सहभागिता जनाएका थिए, तर यस विश्वकपमा ओसिनियाले पहिलो पटक प्रत्यक्ष कोटा पाएको थियो ।
  • न्युजिल्यान्डले समूह चरणमा एक बराबरी र दुई हार बेहोर्दै जम्मा एक अंक जोडेको थियो ।

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपमा ओसिनिया क्षेत्रबाट प्रतिनिधित्व गरेर आएको न्युजिन्यान्ड समूह चरणबाटै आउट भयो । 

यद्यपि यस क्षेत्रबाट आएको न्युजिल्यान्डको यो पहिलो सहभागिता थिएन । सन् १९७४ मा पश्चिम जर्मनीमा आयोजित फिफा विश्वकपमा अस्ट्रेलियाले यस क्षेत्रबाट सहभागिता जनाइसकेको थियो । त्यसपछि ओसिनियाबाट विश्वकप खेल्ने दोस्रो राष्ट्र न्यूजिल्याण्ड बनेको हो, त्यो पनि सन् १९८२ मै । 

फिफाले ओसिनिया क्षेत्रलाई प्रत्यक्ष र स्थायी कोटा दिएको भने यही विश्वकप पहिलो हो । सन् २०१७ मे ९ मा बहराइनमा बसेको फिफा काउन्सिलको बैठकले सन् २०२६ देखि विश्वकपमा टोलीहरूको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याउने निर्णय गर्दा ओसिनियालाई १ वटा प्रत्यक्ष कोटा दिने सुनिश्चित गरेको थियो, जहाँबाट न्युजिल्यान्ड प्रतिनिधित्व गरेर फिफा विश्वकप २०२६ सम्म आइपुग्न सफल भयो । 

भलै टोली विश्वकपको समूह चरणबाटै बाहिरियो, टोलीले एक बराबरी गर्दा दुई खेल गुमायो । 

विगतका विश्वकपहरूमा ओसिनिया क्षेत्रको विजेताले सीधै विश्वकप खेल्न पाउँदैनथे । उसले सधैँ दक्षिण अमेरिका वा एसियाको टोलीसँग कठिन प्ले–अफ खेल्नुपर्थ्यो । तर २०२६ मा फिफाले नियम फेरेपछि ओसिनियामा ३ चरणको छनोट प्रतियोगिता आयोजना गरियो । पहिलो चरणमा फिफा वरीयतामा ओसिनियाका पुछारमा रहेका चार टोलीहरू (सामोआ, कुक आइल्याण्ड्स, अमेरिकी सामोआ र टोंगा) बिच नकआउट प्रतिस्पर्धा भयो, जहाँबाट सामोआ दोस्रो चरणमा पुग्यो  ।

दोस्रो चरणमा बाँकी रहेका शीर्ष ७ टोली र पहिलो चरणको विजेता गरी कुल ८ टोलीलाई दुई समूहमा विभाजन गरियो  । समूह ‘ए’ का न्यू क्यालेडोनिया र फिजी तथा समूह ‘बी’ मा न्युजिल्यान्ड र ताहिटी शीर्ष २ मा रहँदै सेमिफाइनल पुगे । तेस्रो चरणमा न्युजिल्यान्डले सेमिफाइनलमा फिजीलाई पराजित गर्‍यो । ओसिनिया छनोटको अन्तिम फाइनल भिडन्तमा न्युजिल्यान्डले न्यू क्यालेडोनियालाई हराउँदै फिफा विश्वकप २०२६ को लागि ओसिनियाको एक मात्र ऐतिहासिक प्रत्यक्ष कोटा सुरक्षित गर्‍यो । उपविजेता बनेको न्यूक्यालेडोनिया अन्तरमहादेशीय प्ले–अफमा पुगे पनि विश्वकपको मुख्य मञ्चमा छनोट हुन सकेन ।

ड्यारेन बेजलीको मुख्य प्रशिक्षकत्वमा रहेको ‘अल ह्वाइट’ टोली क्रिस वुड (कप्तान तथा प्रिमियर लिग स्टार), लिबरेटो काकास,  मार्को स्टामेनिकजस्ता मुख्य खेलाडी लिएर न्युजिल्यान्ड विश्वकपमा उत्रियो । समूह ‘जी’मा पर्‍यो । र बेल्जियमसँग , इजिप्ट, र इरानको सामना गरेको थियो । 

न्युजिल्यान्डले समूहमा विश्वका दिग्गज टोलीहरू खासै गतिलो प्रदर्शन गर्न भने सकेन । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले इरानसँग २–२ को साहसिक बराबरी गर्‍यो । दोस्रो खेलमा इजिप्टसँग ३–१ को नमिठो हार बेहोर्‍यो भने अन्तिम खेलमा फुटबलको बलियो राष्ट्र बेल्जियमसँग भने ५–१ को फराकिलो हार बेहोर्‍यो ।

जम्मा एक अंक मात्र बनाएको न्युजिल्यानड समूहमा अन्तिममा रह्यो । र विश्वकपको समूह चरणबाटै बाहिरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप