‘हन्टर टिकटक च्यालेन्स’का विजेताले पाए नगद १ लाख रुपैयाँ
काठमाडौँ । रोयल इनफिल्ड हन्टर टिकटक च्यालेन्सका तीन विजेता घोषणा भएका छन् । पोखराका पदम लामा, स्मिता घिमिरे र हेटौंडाका रजक शाही रोयल इन्फिल्ड हन्टर टिकटक च्यालेन्सका विजेता घोषित भएका हुन् ।
पोखराका लामा प्रतिस्पर्धामा प्रथम हुँदै नगद रु.एक लाख प्राप्त गर्न सफल भएका छन् ।
यस्तै, पोखराकै स्मिता घिमिरेले दोस्रो स्थान हासिल गर्दै नगद ६० हजार रुपैयाँ प्राप्त गरेकी छिन् भने हेटौंडाका शाहीले तेस्रो हुँदै नगद ४० हजार रुपैयाँ हात पारेका छन् ।
बिहीबार एक समारोहकाबीच रोयल इन्फिल्डका लागि नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले विजेता तीन जनालाई नै चेक हस्तान्तरण गरे ।
कम्पनीले रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५० सीसी लाई बजार प्रबन्धन गर्न र युवा पुस्तालाई सोसल मिडिया मार्फत आकर्षित गर्न २०८० असोज ६ गतेदेखि २०८० असोज ३० गतेसम्म हन्टर टिकटक च्यालेन्स, २०२३ आयोजना गरेको थियो । सोही प्रतिस्पर्धामा सहभागिमध्यहरुबाट कम्पनीले तीन विजेता छनोट गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण