नबिल बैंकको दराजसँग इएमआई अभियान
काठमाडौँ । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रूपान्तरण गर्न सक्नेछन् ।
नबिल बैंकले यस सहकार्य मार्फत् क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ । ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नैै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन् ।
ग्राहकहरूले नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै यस अभियानको फाइदा लिन सक्नेछन् । यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघिनै बैंकमा दर्ता भएको इमेलबाट आवेदन दिन आवश्यक रहेको बैंकले जनाएको छ । यसबाहेक, इएमआई रूपान्तरणको लागि तोकिएको अवधि खुलाई आवेदन दिनुपर्नेछ ।
यस अभियानमा ग्राहकहरूले ६ महिनासम्मको लागि अतरिक्त लागत विना किस्ता सुविधा पाउने छन् । तत्कालको लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ ।
साथै, नबिल बैंकले दराजको ११ः११ मा गरेको खरिदमा आकर्षक छुट पनि उपलब्ध गराएको छ । ग्राहकहरूले डेबिट कार्ड प्रयोग गर्दा आफ्नो खरिदमा १५% नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २०% नगद छुटको सुविधा पाउने जनाइएको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने
-
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
सत्ता अदल–बदलले हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न सफल
-
नयाँ सहर बसाल्न साउदीले लियो खतरनाक निर्णय
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ