नेपाल श्रीलंका नै हुन्छ भन्ने आतंक अब छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आर्थिक वृद्धिदर सकारात्मक रुपमा अघि बढेको बताएका छन् । शनिवार कीर्तिपुरमा गरिएको पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले आर्थिक समृद्धिका लागि सरकारले लगातार प्रयत्न गरेको बताए ।
उनले भने– ‘मौर्दिक नीति र वित्तिय नीति सुधार गर्नका लागि, बैंकको ब्याजदर घटाउनका नीम्ति, जग्गाको कारोबार बढाउन कित्ताकाट खुलाउनका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका नीम्ति धेरै मिहेनत गरियो । भनेजस्तो परिणाम आएको छैन तर केही सुधार भएको छ । पहिले भनेजस्तो नेपाल अब श्रीलंका नै हुन्छ भन्ने अब त्यस्तो आतंक छैन । अहिले राजस्व पनि बृद्धि हुन थालेको छ, इतिहासमै बढी पर्यटक एकै महिनामा भित्रिएका छन् । रेकर्ड बढेको छ, रेमिट्यान्स बढेको छ । अहिले बिदेशी मुद्राको सञ्चिती अत्यन्त उत्साहप्रद छ ।’
प्रधानमन्त्री प्रचण्डले अहिले आर्थिक संकट समाधानका लागि आफूले तिहार लगतै बृहत भेलाको आयोजना गर्न लागेको र त्यसबाट अर्थतन्त्रमा गुणात्मक पहल गर्न आउने नीति तथा कार्यक्रममा समावेश गरेर जाने बताए । उनले सरकारले गरेका राम काम जनतामा पु¥याउन आग्रह गर्दै २०८४ मा २०६४ कै जस्तो माओवादी बनाउनेगरी अगाडि बढ्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण