बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय
कथा

भएको धन र मनको धन

शनिबार, २५ कात्तिक २०८०, १६ : २५
शनिबार, २५ कात्तिक २०८०

एकादेशमा दशवटा ठुला ठुला बङ्गला भएको एकजना करोडपति रहेछन् । उनलाई अझै धेरै सम्पत्तिको चाहना थियो । उनले एक दिन मोबाइलमा स्क्रोल गर्दा एउटा अर्बपतिलाई देखे । उनले पीर माने कि म पनि त्यो अर्बपति जस्तै भएको भए कति सन्तुष्ट हुन्थेँ होला ।

उनका पछाडि उनकी एउटी महिला असिस्टेन्ट यो कुरा राम्ररी सुनिरहेकी थिइन् । ती असिस्टेन्ट महिला कार्यालयको समय सकिएपछि आफ्नो घर गइन् । हाकिमले दिउँसो भनेको कुरा सम्झेर उनको मन दुख्यो । उनले आफ्नो काम गर्ने केटीलाई भनिन् कि कास मेरो ठुलो घर र एउटा रोल्स रोइस भएको भए कति राम्रो हुन्थ्यो र म कति खुसी हुन्थेँ । काम गर्ने केटीले भनिन् कि म्याम तपाईंले के भन्नुभएको ? तपाईंले त भगवान्लाई ढोग्नुपर्छ । 

महिलाले भनिन् : किन ? 

काम गर्ने केटीले भनिन् : मसँग त एउटा मामुली एकतले घर छ । एउटा दश लाखको थोत्रो गाडी छ । दुईबिचको कुराकानी सकियो ।

केटी कामदार आफ्नो घर पुगिन् । उनको बानी के थियो भने उनले पनि उनको कामदारलाई सबै घटनाहरू बताउँथिन् । उनले भनिन् कि मेरो सबै पैसाको चिन्ता र ऋण हटेर एउटा कार भएको भए र एउटा तीनतले घर भएको भए म कति खुसी हुन्थँे होला । कामदारले भनिन् : के भन्नुभएको तपाईंले ? म त भाडामा बस्छु र एउटा थोत्रो कार छ । यो सुनेर उनकी मालिक्नी छक्क परिन् ।

समय बित्यो । मालिक्नी आफ्नो घर आउँदा उनकी साथी र उनको छोरो आएका रहेछन् । तिनीहरू बेलुकाको खाना खाएर तल बाटोमा पुगे । उनीहरू आफ्नो बिग्रिन लागेको कारमा छिरे । छोराले प्रश्न गरे : मामु, हामी कहिले यो गाडीबाट निक्लिएर भाडामा बस्ने ? आमाले भनिन् : छोरा मैले एउटा राम्रो काम पाएपछि कोठामा सर्नुपर्छ । छोराले भने : हुन्छ ।

एक दिन ती महिला एउटा गल्लीबाट जाँदा एउटा भिकारीलाई देखिन् । त्यो भिकारी रमाउँदै थियो । महिलाले भनिन् : ए भिकारी तिमी किन रमाएको यस्तो जाडोमा ? 

भिकारीले भन्यो : मलाई त भगवान्ले एउटा त्रिपालको छानो र ब्ल्याङ्केट दिएको हुनुहुन्छ । म त यसैमा खुसी छु । ओत लाग्न पाइहाल्छु । भिकारीको यो कुराले ती महिलाको आँखा खोलिदियो । वास्तवमा सम्पत्ति भनेको त मनको सोचाइले हुने रहेछ । भएको धन र मनको धनमा धेरै फरक हँुदोरहेछ । भएको धनभन्दा मनको धनले जित्ने रहेछ । 

काशी नोबल एकेडेमी

कक्षा : ५

भैरहवा– १२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुश्रुतराज न्यौपाने
सुश्रुतराज न्यौपाने
लेखकबाट थप