जाजरकोटमा एनआरएनएको स्वास्थ्य शिविर
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए–बद्री केसी समूह) ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका एनआरएनएले जनाएको छ ।
शिविरमा भूकम्पपीडितलाई हुनसक्ने सम्भावित रोगबाट बच्नका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था, औषधि वितरण र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिइएको थियो । सो शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली काठमाडौँदेखि जाजरकोट पुगेको थियो ।
स्वास्थ्य शिविरमा आएका भूकम्पपीडितमा प्रमुखरुपमा श्वासप्रश्वास, चोटपटक र मानसिक रोगलगायतका समस्या देखिएका थिए । यसअघि समितिले भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै ‘स्वास्थ्य सेवा हटलाइन’ सञ्चालनमा ल्याएको थियो ।
समितिले भूकम्पपीडितलाई समयमा राहत, उद्धार तथा स्वास्थ्योपचार गर्न नसके चिसो बढ्दै गएकाले निमोनिया, रुघाखोकीको जोखिम रहेको जनाएको छ । शिविरमा खटिएका स्वास्थ्य विज्ञले सो क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला बढी जोखिममा रहेका जनाएका छन् । भूकम्पले घर भत्काउँदाको त्रास,
बढ्दै गएको चिसोलगायत कारणले गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका हुन् ।भूकम्प प्रभावित क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र उनीहरुको उद्धारका लागि सहजीकरण गर्न आवश्यक रहेको सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण