सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रित भएर काम गरिरहेको छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय र सुशासन तथा समृद्धिको नारामा केन्द्रित भएर काम गरिरहेको बताएका छन् ।
मंगलवार ललितपुरमा नेपाल संवत ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन तथा समृद्धितर्फ नागरिकलाई लैजाने दिशामा अग्रसर भएको बताए । उनले इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूतिहरु भएकाले उनीहरुलाई स्मरण नगरी देश समृद्ध बन्न नसक्ने जिकिर गरे । उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा आफू पहिलो पटक प्रधानमन्त्री हुँदा गरेको बताए । उनले नेपाल संवत नेपालीहरुको आफ्नै मौलिकता र इतिहास भएको बताए ।
उनले भने, ‘वर्तमान सरकार सामाजिक न्याय र सुशासन तथा समृद्धिको नारामा केन्द्रित भएर काम गर्ने कोशिस गर्दै आएको छ । सामाजिक न्याय भन्दा इतिहासमा गर्व गर्न लायक भनेको हामीले राष्ट्रिय विभूति घोषणा गरि पनि सकेका छौँ । शंखधर साख्वालाई नसम्झि हामी रहन सक्दैनौँ । जसले ऋण मोचनको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम भएको छ । त्यसैले हामीेल राष्ट्रिय विभूति भन्यौँ । उहाँको अभियानसँग नै नेपाल संवत जोडिएको छ । त्यसकारण नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा गर्नुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको थियो । नेपाल संवत नेपालीहरुको राष्ट्रिय संवत हो । आफ्नै मौलिकता र इतिहास हो ।’
प्रधानमन्त्री दाहालले आफू तस्रो पटक प्रधानमन्त्री रहँदा मन्त्रीपरिषद्बाट सरकारी दस्ताबेजमा विक्रम संवतसँगै नेपाल संवत पनि लेखिने निर्णय गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण