भारतले दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गर्दै
काठमाडौँ । भारतले दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गर्ने भएको छ । भारतले यही मंसीर १ गते भर्चुअलमा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गर्न लागेको हो ।
भारतले यसअघि २०७९ साल पुष २८–२९ सम्म भर्चुअल ढाँचामै पहिलो पटक भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गरेको थियो । आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्न ग्लोबल साउथका १२५ राष्ट्रलाई एकै ठाउँमा ल्याएको हो ।
भ्वाइस अफ ग्लोबल साउथको दोस्रो संस्करणले भारतको अध्यक्षतामा सम्पन्न जी–२० बैठकहरुले हासिल गरेका मुख्य उपलब्धिहरु ग्लोबल साउथका राष्ट्रहरुसँग साझा गर्ने जनाइएको छ ।
यस्तै बैठकमा विश्वव्यापी विकासका कारण देखा परेका चुनौतीका विषयमा पनि छलफल हुने जनाएको छ । भ्वाइस अफ ग्लोबल साउथ समिटको दोस्रो संस्करण १० वटा सत्र रहनेछन् ।
उद्घाटन र समापन सत्र राष्ट्र प्रमुखरसरकारको सहभागी हुने जनाइएको छ । सत्रको सञ्चालन भारतीय प्रधानमन्त्री मोदीले गर्नेछन् । उद्घाटन सत्रको विषयवस्तु “एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै” र समापन सत्रको विषयवस्तु “ग्लोबल साउथ : एक भविष्यका लागि एकसाथ” रहेको छ । सम्मेलनमा आठवटा मन्त्रीस्तरिय सत्रहरु रहने जनाइएको छ ।
नेपालबाट पूर्वउपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले २०७९ साल पुष २८ गते भर्चुअलि आयोजना गरिएको ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’को बैठकमा सहभागिता जनाएका थिए । सो बैठकमा अन्य चौध राष्ट्रका अर्थमन्त्री पनि उपस्थित थिए । यस वर्ष भारतमा सम्पन्न जी–२० सम्मेलनको फाइनान्स ट्रयाक बैठकमा पनि नेपालले सहभागिता जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण