जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा बनिरहेको बताएका छन् । ग्लोबल साउथ समिटमा सम्बोधन गर्दै उनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार बहन गरिरहेको बताए ।
उनले भनेका छन्, ‘हिमालयमा जलवायु परिवर्तनको प्रभावले हाम्रो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको छ । निर्धारित महत्वाकांक्षालाई समयसीमामा पूरा गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ।’
प्रधानमन्त्री प्रचण्डले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएका छन् । यस्तै उनले नेपालले प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपायहरू र हरियालीलाई प्रवर्द्धन गर्दै सन् २०४५ सम्ममा नेट–शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको बताए ।
प्रधानमन्त्री प्रचण्डले विश्वले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने आफ्नो विश्वास रहेको बताए । यसका लागि विश्वासको निर्माण, साझेदारी र सहकार्य प्रवर्द्धन र एकताका साथ काम गर्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले ‘ग्लोबल साउथः टुगेदर फर वन फ्यूचर’ विषयवस्तुमा आधारित भ्वाइस अफ द ग्लोबल साउथको दोस्रो शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण