देउसीभैलोबाट सङ्कलित रकम पुस्तकालयलाई सहयोग
आइतबार, ०३ मङ्सिर २०८०, २० : १५
सिमकोट । काठमाडौँमा अध्ययन गर्दै आएका हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेका विद्यार्थीले यस वर्ष देउसीभैलोबाट सङ्कलित रकमबाट स्थानीय रामदेव माध्यमिक विद्यालयको पुस्तकालयलाई सहयोग गरेका छन् ।
ठेहे उदयमान युवा क्लबको आयोजनामा काठमाडौँमा खेलिएको देउसीभैलोबाट सङ्कलित रु ५५ हजारबाट सामान्य ज्ञान, कथा, निबन्ध, साहित्य, गजललगायतका पुस्तक खरिद गरी विद्यालयलाई सहयोग गरिने क्लबका अध्यक्ष हिक्मत भण्डारीले जानकारी दिए ।
देउसीभैलोबाट सङ्कलित रकममार्फत सामाजिक काममा पनि लगानी तथा सहयोग गर्ने प्रचलन बढ्दै गएको छ । अध्यक्ष भण्डारीले शिक्षक र विद्यार्थी दुवैका लागि उपयोग हुने गरी सहयोग गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण