रुकुम पश्चिम जिप दुर्घटना : गम्भीर घाइतेलाई नेपालगन्ज रिफर गरियो
सुर्खेत । सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा भएको जिप दुर्घटनामा परी गम्भीर घाइतेलाई नेपालगन्ज रिफर गरिएको छ । चौरजहारीस्थित मिसल अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरूलाई नेपालगन्ज रिफर गरिएको हो ।
प्रहरीकाअनुसार गम्भीर घाइते चौरजहारी नगरपालिका–१३ की ४ वर्षीय डीला विक र सानोभेरी नगरपालिका–२ का १७ महिनाका बालक प्रतीक बुढालाई एम्बुलेन्समार्फत रिफर गरिएको हो । प्रतीकको दायाँ कुम भाँचिएको छ भने विष्टको टाउको र मुखमा गम्भीर चोट लागेको छ ।
लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । जिप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल भेरी नदी किनारमा खसेको थियो ।
दुर्घटनामा परी २२ जना घाइते भएका छन् । त्यसमध्ये ७ जना गम्भीर घाइते भएका थिए ।
जिपमा चालकसहित २१ जना सवार थिए । अन्य गम्भीर घाइतेहरूलाई पनि हेलिकप्टरमार्फत नेपालगन्ज पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण