नेपालको तर्फबाट मुर्रा राँगा ल्याउने परीक्षण प्रक्रिया पुरा

काठमाडौँ । नेपाललाई भारत सरकारले सहयोग स्वरुप दिने १५ मुर्रा जातको राँगा भित्र्याउन नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेको छ । नेपाललाई भारतले छिटै प्रतिक्रिया दिएमा एक महिनाभित्र १५ मुर्रा जातका राँगा भित्र्याउन सकिने पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताएका हुन् ।
‘हाम्रो प्राविधिक टोली १५ मुर्रा राँगाको परीक्षण गरी फर्किसकेको छ,’ उनी भन्छन्, ‘भारत सरकारले छिटै प्रतिक्रिया दिएमा एक महिनामा राँगा भित्र्याउन सकिन्छ ।’ उनका अनुसार सो टोलीले पशु ओसारपसारका लागि अपनाइने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रक्रिया पुरा गरेको छ । मुर्रा जातको राँगा भित्र्याउन परीक्षणका लागि राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डेय, राष्ट्रिय पशु प्रजनन कार्यालय, लहानका प्रमुख शिवनाथ महतो, पशु क्वारेनटाइनका महाशाखा प्रमुख डा. राजेश यादव र विभागकी पूर्व महानिर्देशक सम्झना काफ्ले भारत गएका थिए ।
नेपाल ल्याएपछि ती राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य सङ्कलन र संरक्षण गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपरासीमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु
-
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश
-
धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका नेपाल र जापानबिच सहमति
-
बंगलादेशसँग हारेपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
-
कर्णाली सरकारको बेरुजु घट्दो, बेथिति बढ्दो
-
विश्व पौडेलविरूद्धको रिट दरपीठ, इजलासमा जाने अधिवक्ताको तयारी