१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी
काठमाडौँ । पछिल्लो १० महिनामा वैदेशिक रोजगारसम्बन्धी १० हजार भन्दा बढी उजुरी परेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०८१ को साउनदेखि २०८२ को वैशाख मसान्तसम्ममा चार हजार २९३ उजुरी परेका हुन् ।
ती उजुरीबाट ३० करोड तीन लाख ८९ हजार ६७५ रूपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ । ति मध्ये ४६० उजुरीमा मेलमिलाप गरिएको छ । भने १६६ वटा उजुरी अदालतमा मुद्धा दायर गरिएको छ ।
त्यसरी उजुरी दिनेहरूमा वैदेशिक रोजगारीमा ठगी भएको, विदेशमा सम्झौता अनुसार पारिश्रमिक नपाएको, राहत तथा उद्धार लगायतका रहेका छन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी फट्र्यौट, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकल छुट्टै निर्देशिका तथा कार्यविधि तर्जुमा गर्न लागिएको बताए ।
उजुरीको सम्बन्धमा लिखित जवाफसहित उपस्थित भएका रोजगार व्यवसायी र पीडितबीचमा छलफलको लागि प्राथमिकता निर्धारणको आधारमा समय तय गरी छलफल गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण