जुम्लामा ढुङ्गा खसेर एक जनाको मृत्यु
बुधबार, ०६ मङ्सिर २०८०, २० : ४२
जुम्ला । जुम्लामा ढुङ्गा खसेर एक महिलाको मृत्यु भएको छ । जङ्गलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।
कालिकोटको तिलागुफा नगरपालिका–७ राचुल्ली घर घर भई हाल माइती घर जुम्लाको हिमा गाउँपालिका–१ बड्की गाउँमा बस्दै आइरहेकी २२ वर्षीया कमला (विक) कामीको मृत्यु भएको सूचना अधिकारी चन्दले बताए ।
प्रहरीका अनुसार जङ्गलको माथिबाट अचानक खसेको ढुङ्गा लागेर टाउकोमा चोट लागि गम्भीर घाइते भएकी कमलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण