काठमाडौँमा आ-आफैँ लडेर शक्ति बरबाद गर्नुभन्दा जाजरकोट आउनुहोस् : तोषिमा कार्की
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले आ–आफैँ लडेर शक्ति बरबाद गर्नुभन्दा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा अस्थायी टहरा निर्माण गर्न आह्वान गरेकी छन् ।
काठमाडौँमा आज एमालेको भातृ सगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको शक्ति प्रदर्शन गरिरहेका छन् । सांसद कार्कीले सोही विषयमा लक्षित गर्दै काठमाडौँमा शक्ति बरबाद गर्नुभन्दा प्रभावित क्षेत्रमा आएर व्यवस्थापनमा सहयोग गर्न आह्वान गरेकी हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘आ–आफैँ लडेर शक्ति बरबाद किन गर्नुहुन्छ ? बरु आउनुस् दुवै पक्ष यता जाजरकोटतिर, अस्थायी टहरा निर्माण गरौँ।घरसँगै पुरिएका सामानहरू निकालिदिऔँ। म यहीँ छु जाजरकोटमै, तपाईँहरूको शक्ति पनि यता जनतालाई सदुपयोग गरौँ ।’
सांसद कार्की कार्तिक १८ गतेदेखि निरन्तर भूकम्प प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण