कविता
प्रतीक्षा
शनिबार, ०९ मङ्सिर २०८०, ११ : ११
यी परेली त्यसै भिजेका हैनन्
भिजेका हुन् तिम्रै पर्खाइमा
बगर भिजे जस्तै
यी परेली भिजेका हुन्
भीरमा फुलेको फूल जस्तो
परैबाटको हेराइमा
नयन जुधे जस्तै
यी नजर जुधेका हुन्
एक सपना जस्तो
प्राप्तिको पर्खाइमा
प्रहर बिते जस्तै
यी दिन बितेका हुन्
एक मदिरा जस्तो
लट्ठ तिम्रो जवानीमा
यौवन झुमे जस्तै
मेरा लहर झुलेका हुन्
रोमाञ्चक यात्रा जस्तो
प्रेमको रमानामा
पाइला चाले जस्तै
प्याररूपी पाइला चलेका हुन्
रातपछिको उज्यालो जस्तो
तिम्रो प्रतीक्षामा
घामको झुल्काइ जस्तै,
आशाका किरण जागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्मिन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण