शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

तीर्थकुमारीका गीतमा झुमे दर्शक

आइतबार, १० मङ्सिर २०८०, ११ : ०८
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । अग्रज लोकगायिका तीर्थकुमारी थापा पहिलो पटक एकल गायनमा उत्रिएकी छन् । शनिबार राष्ट्रिय नाचघरमा आयोजित उनको एकल साँझको नाम ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’ राखिएको थियो ।

‘डाँडामाथि बिहानै’ बोलबाट कार्यक्रममा प्रस्तुति सुरु गरेकी थापाले करिब २ घन्टा लगातार गीतसंगीत सुनाएकी थिइन् । कार्यक्रममा उनले ‘म त खाँदिनँ कुवाको पानी हो’, ‘ढुङ्गे बगर माया’, ‘झम्के फूली’, ‘नाकैमा बुलाकी’, ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’, ‘बारीको डिलमा ओखरबोट’, ‘माछी मार न हे दाइ हो’ लगायत डेढ दर्जन गीतबाट दर्शकलाई भपुर मनोरञ्जन दिलाएकी थिइन् । गायिकाले ‘झम्के फूली’बाट आफ्नो प्रस्तुतिको बिट मार्न लागेकी थिइन् , तर दर्शकको फर्माइसमा ‘माछी मार न’ फेरि गाएकी थिइन् । पहिलै एकपटक गाइसकेको यो गीत उनले दर्शकको फर्माइमा फेरि आएकी थिइन् । कार्यक्रममा थापालाई युगल गीतमा सुरज थापाले साथ दिएका थिए ।

बरिस्ठ संगीतकार रन्जीत गजमेर, गायिका मीरा राना, गीतकारहरू डा. भोला रिजाल, आनन्द अधिकारी, दिनेश अधिकारी, सिएनएन हिरो अनुराधा कोइराला लगायत संगीत क्षेत्रका हस्तिहरुको उपस्थिती रहेको कार्यक्रममा अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजनामा र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्ट्रक्सनको सह–आयोजनामा कार्यक्रमको आयोजना भएको हो । 

७३ वर्षिया गायिका थापाले विसं २०२८ सालमा रेडियो नेपालबाट गायन यात्रा थालेकी हुन् । उनले कार्यक्रममा २ नेवारी गति समेत सुनाएकी थिइन् ।

एकल साँझ गर्ने आमाको सपना पूरा गर्न पाउँदा संगीतकार तथा गायिका थापाको छोरा सुरज थापा दंग थिए । ‘आमाको पहिले देखिनै एउटा इच्छा पुरा गर्न पाँए । मेरो जीवन सफल भयो’ सुरजले भने ।

५ दशकदेखि लोकसंगीतमा सक्रिय गायिका थापाले अहिलेसम्म एक हजार बढी गीत गाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप