भूकम्प पीडितको आवास निर्माणका लागि कर्णालीका पूर्वमुख्यमन्त्री शाहीद्वारा ५ लाख सहयोग
आइतबार, १० मङ्सिर २०८०, १६ : १६
सुर्खेत । कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्नका लागि व्यक्तिगत रुपमा ५ लाख आर्थिक सहयोग गरेका छन् ।
भूकम्पबाट प्रभावित घर परिवारको अस्थायी घर निर्माण गर्ने कार्यमा सहयोग पुर्याउनका उक्त रकम सहयोग गरेका हुन् ।
पाँच लाखको चेक आइतबार कांग्रेस प्रदेश सभापति ललितजंग शाहीलाई हस्तान्तरण गरेका छन् ।
कांग्रेस कर्णाली प्रदेश समितिले आफ्नोतर्फबाट ५० वटा अस्थायी घर जाजरकोट र ५० वटा रुकुम पश्चिममा बनाउने निर्णय गरेको छ । उक्त घर निर्माणका लागि सहयोग पुगोस् भनेर शाहीले आर्थिक सहयोग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण