शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेवारी गीत ‘छंगु म्हगः गुलि बांलाः’ को भिडियोमा राष्ट्रिका

आइतबार, १० मङ्सिर २०८०

काठमाडौंँ । नेपाल सम्बत नयाँ वर्षको दिन काठमाडौंको उल्लास थेगिनसक्नु हुन्छ । यही दिन धेरै सिर्जनात्मक क्रियाकलाप हुन्छन् । यस वर्ष अनेकौं नयाँ थालनीसँगै नेपालभाषाको एउटा पुरानो गीतको नयाँ सांगीतिक भिडिओ प्रिमियर भयो । जसको बोल ‘छंगु म्हगः गुलि बांलाः’ रहेको थियो । 

करिब पच्चीस वर्षअघि नै एफ.एम. कार्यक्रमबाट लोकप्रिय भइसकेको गीत हो यो । धेरै कलाकारले सांस्कृतिक मञ्चमा यो गीतमा नृत्य पनि प्रस्तुत गरिसकेका थिए । बीचको अवधिमा बिर्सेको यो गीतको भिजुअल प्रस्तुत हुँदा फेरि एक पटक लोकप्रियता हासिल गर्ने बिश्वास गरिएको छ । 
 
रेडियो नेपालका विशिष्ट गायक जुजुकाजी रञ्जितको स्वर र संगीत रहेको गीतका गीतकार कवि आर.मानन्धर हुन् । लगभग २५ वर्षअघि यो गीत समाविष्ट गीति क्यासेट ‘छवजिव’ले उत्कृष्ट एल्बम अवार्ड समेत प्राप्त गरेको थियो ।

अहिले यूट्यूबमा रहेको म्यूजिक भिडियोमा अर्गानिक किसिमको क्लासिकल प्रेमकथा रहेको छ । भरखरै जवानीमा कदम राखेका निर्दोष प्रेमी प्रेमिकाको स्वाभाविक आकर्षण चित्रण गरिएको यो भिडियोमा राष्ट्रिका शाक्य र सुदीप भजूको अभिनय छ । मगन इन्टरटेन्मेन्टबाट निर्माण भएको भिडियो रजिन महर्जनले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया