९ करोड कमाउँदै ‘लालीबजार’ छैटौँ सातामा, ‘रोल नं १’ तेस्रो सातामा प्रवेश
सारांश
- बहुप्रतीक्षित नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गर्दै घरेलु बजारमा ९ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ।
- ‘लालीबजार’को अन्तर्राष्ट्रिय प्रदर्शन युरोपको डेनमार्कबाट असार ५, ६ र ७ गतेबाट सुरु हुने भएको छ।
- बालबालिका र शैक्षिक प्रणालीमा आधारित अर्को फिल्म ‘रोल नं १’ तेस्रो सातामा प्रवेश गर्दै दोस्रो साताको अन्त्यसम्ममा करिब एक करोड रुपैयाँको व्यवसाय गरेको छ।
काठमाडौँ । नेपाली चलचित्र बजारमा शैक्षिक र सामाजिक विषयवस्तुमा आधारित दुई फिल्मले बक्स अफिसमा बलियो उपस्थिति जनाएका छन्। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित फिल्म ‘लालीबजार’ आज शुक्रबारदेखि प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ।
नयाँ वर्ष विसं २०८३ सुरु भएयता प्रदर्शनमा आएका फिल्महरूमध्ये व्यावसायिक र समीक्षात्मक दुवै हिसाबले ‘लालीबजार’ सबैभन्दा अगाडि देखिएको छ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मले घरेलु बजारमा मात्रै ९ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरिसकेको छ।
नेपालमा सानदार व्यापार गरिरहेको ‘लालीबजार’ को डायस्पोरा (विदेश) प्रदर्शन पनि सुरु हुने भएको छ। फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन युरोपको डेनमार्कबाट सुरु हुन लागेको हो। निर्माता म्याक्स दीपेश खत्रीका अनुसार आगामी असार ५, ६ र ७ गते डेनमार्कको कोपेनहेगनमा फिल्मको विशेष प्रदर्शन गरिनेछ।
विदेश प्रदर्शनको तयारीबारे बोल्दै निर्माता खत्रीले भने, ‘नेपालमा दर्शकको माया पाएसँगै विदेश प्रदर्शन कहिले हुन्छ भन्ने हामीलाई जिज्ञाशा आइरहेको थियो। अन्ततः हामीले युरोपको डेनमार्कबाट प्रदर्शनी सुरू गर्दैछौँ। अन्य देशमा समेत हामीले छिटै प्रदर्शन हुने तालिका तय गर्दैछौँ।’
उनले शिक्षाको ज्योतिले समाजमा पार्ने सकारात्मक प्रभावलाई फिल्ममा मुख्य विषय बनाइएकाले नै दर्शकले यसलाई निकै मन पराएको जानकारी दिए। यम थापाको कथा तथा निर्देशन रहेको यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ लगायतका कलाकारको अभिनय छ भने विशाल देवकोटा र प्रसंशा सुवेदीले यसै फिल्मबाट डेब्यु गरेका छन्।
यसैगरी, बालबालिका र शैक्षिक प्रणालीकै विषयमा बनेको अर्को फिल्म ‘रोल नं १’ पनि आजैदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। सुखद माउथ पब्लिसिटीका कारण बलियो बन्दै गएको यस फिल्मले दोस्रो साताको अन्त्यसम्ममा करिब एक करोड रुपैयाँको व्यवसाय गरिसकेको छ।
सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि आमाबुबाले गर्ने त्याग र संघर्षको कथा यसमा बुनिएको छ। यसका साथै विद्यमान शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले एउटा बच्चाको समग्र जिन्दगीमा निम्त्याउने असरलाई फिल्मले गम्भीरताका साथ उठाएको छ।
फिल्मका निर्माता विनोद पौडेलले हलमा पुगेका दर्शकहरूबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेको र सोही कारण दोस्रो सातामा दर्शकको संख्या अझ बढेको बताए। विनोद पौडेल र जान्वी पौडेलले निर्माण गरेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् भने बाल कलाकारहरू निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ। फिल्मको विषयवस्तु शिक्षामूलक र सन्देशमुलक भएकाले हलहरूमा स्कुल तथा कलेजका विद्यार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
-
हुम्ला–बाजुरा सीमा विवाद: आरोप–प्रत्यारोपका बिच कर्णाली करिडोर ठप्प, सर्वसाधारण मारमा
-
काभ्रे बस दुर्घटना अपडेट : मृतकसहित घाइतेहरूकाे पहिचान खुल्याे
-
धनकुटामा बस दुर्घटना, १२ जना घाइते
-
नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान
-
निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकको चरम शोषण : मासिक १० हजारमै ८ घण्टा ड्युटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण