शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु

सोमबार, ११ मङ्सिर २०८०, ०९ : १७
सोमबार, ११ मङ्सिर २०८०

दैलेख । दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाई छ ।

लम्सालले रातोपाटीसँग भने, ‘भड्डुमा ढिँडो पकाएको रहेछ । भीमले पहिला हात छाडेका रहेछन्, त्यसपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन् । टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको मृत्यु भयो।’ सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप