बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया

शनिबार, १५ वैशाख २०८१, १३ : ०८
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको बताएका छन् । प्रमुख आयुक्त थपलिया आज बिहानैदेखि आयोगका सचिव र सुरक्षा अधिकारीहरू सहित बसेर दुवै क्षेत्रका निर्वाचनलाई पर्यवेक्षण गरिरहेका छन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै थपलियाले भने— ‘अहिलेसम्म इलाममा करिब २२ प्रतिशत मत खसिसकेको छ भने बझाङमा १५ प्रतिशत मत खसिसकेको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनकै हाराहारीमा मत खस्ने अपेक्षा गरिएको छ ।’

उपनिर्वाचनमा मतदाताको सुविधाका लागि सबै प्रबन्ध गरिएकाले उत्साहजनक रूपमा मतदान भइरहेको र राम्रोसँग सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रमुख आयुक्त थपलियाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप