सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आइशरको सर्भिस क्याम्प सुरु

सोमबार, ११ मङ्सिर २०८०, १४ : १६
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको सोमबारबाट सुरुवात गरिएको छ । 

यी केन्द्रहरूमध्ये दुईवटा काठमाडौँ उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् भने उपत्यका बाहिर बिर्तामोड, इटहरी, जनकपुर, वीरगन्ज, हेटौँडा, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढीमध्ये आफूलाई पायक पर्ने स्थानबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् । त्यसै गरी डिलर मार्फत पोखरा, बुटवल, नारायणगढ, नौबिसे, त्रिशूलीबाट पनि ग्राहकहरूले सेवा लिन सक्नेछन् । 

यस ४ दिने क्याम्पमा आइशरका ५०० भन्दा बढी व्यावसायिक गाडीहरूको अत्यन्त प्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिने छ भने जाँच गराउन आउँदा सवारी धनीहरूले स्पेयर्स पार्ट्समा १०% छुट, लुब्रिकेंट्समा १५% छुट, विशेष मर्मतमा २५% सम्मको छुट प्राप्त गर्नेछन् । यसैगरी नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिङ चेक–अप निःशुल्क रूपमा पाउनुका साथै अन्य थुप्रै सुविधाहरू पनि प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप