आइशरको सर्भिस क्याम्प सुरु
काठमाडौँ । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको सोमबारबाट सुरुवात गरिएको छ ।
यी केन्द्रहरूमध्ये दुईवटा काठमाडौँ उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् भने उपत्यका बाहिर बिर्तामोड, इटहरी, जनकपुर, वीरगन्ज, हेटौँडा, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढीमध्ये आफूलाई पायक पर्ने स्थानबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् । त्यसै गरी डिलर मार्फत पोखरा, बुटवल, नारायणगढ, नौबिसे, त्रिशूलीबाट पनि ग्राहकहरूले सेवा लिन सक्नेछन् ।
यस ४ दिने क्याम्पमा आइशरका ५०० भन्दा बढी व्यावसायिक गाडीहरूको अत्यन्त प्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिने छ भने जाँच गराउन आउँदा सवारी धनीहरूले स्पेयर्स पार्ट्समा १०% छुट, लुब्रिकेंट्समा १५% छुट, विशेष मर्मतमा २५% सम्मको छुट प्राप्त गर्नेछन् । यसैगरी नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिङ चेक–अप निःशुल्क रूपमा पाउनुका साथै अन्य थुप्रै सुविधाहरू पनि प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण