एडम होलिहोक पाकिस्तानी क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले इङ्ल्यान्डको एडम होलिओकलाई राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । ५२ वर्षीय होलिओक इङ्ल्यान्डको राष्ट्रिय टोलीका पूर्व अलराउन्डर खेलाडी हुन् ।
पाकिस्तानी क्रिकेट टोलीले आगामी डिसेम्बर—जनवरीमा अस्ट्रेलियासँग तीन टेस्टको शृंखला खेल्दैछ । त्यो शृंखलामा होलिओक पहिलोपटक पाकिस्तानी टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा सहभागी हुने समाचारमा जनाइएको छ ।
हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो टोलीले निराशाजनक प्रदर्शन गरेपछि पीसीबीले प्रशिक्षण टोलीका अधिकांश पदाधिकारीलाई पदबाट बर्खास्त गरेको थियो । अस्ट्रेलियामा जन्मिएका होलिओकले इङ्ल्यान्डका लागि चार टेस्ट र ३५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।
होलिओकले यसअघि हङ्कङ, अफगानिस्तान र इङ्ल्यान्ड लायन्समा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । पीसीबीले होलिओकको आगमनपछि राष्ट्रिय टोलीको ब्याटिङमा सुधार आउने विश्वास ब्यक्त गरेको छ ।
पाकिस्तानी टोली हालै सम्पन्न एकदिवसीय विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै प्रारम्भिक चरणबाटै घर फर्किएको थियो । त्यसलगत्तै पीसीबीले प्रशिक्षण टोलीमा रहेका सबैलाई बर्खास्त गरेको थियो । त्यसपछि पीसीबीले गत साता उमर गुल र सइद अजमललाई अस्ट्रेलिया भ्रमणका लागि बलिङ प्रशिक्षकमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल अमेरिकी पत्रकार संघको अध्यक्षमा भण्डारी
-
बुद्ध जयन्ती केवल सांस्कृतिक उत्सव मात्र नभई शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : प्रचण्ड
-
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा
-
लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा परिचित गराउन जरुरी छ : राष्ट्रिय सभा अध्यक्ष
-
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे
-
गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति