गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको सन्दर्भमा भगवान गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भगवान् गौतमबुद्धको जन्म जयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै भगवान गौतम बुद्धले विश्वलाई दिएको अकाट्य सन्देशले सामाजिक र राजनीतिक क्षेत्रमा देखिने विसङ्गति र विकृतिको अन्त्य गर्ने मूलमन्त्र भएको उल्लेख गरेका हुन् । उनले भनेका छन्, “यसलाई सबैले अङ्गिकार गर्दै दृढ संकल्पका साथ अघि बढ्न सक्नु पर्दछ, बौद्ध धर्मावलम्बीले बौद्ध विहार र गुम्बाहरुमा भेला भई सामूहिक उपासना गरी यो जयन्ती मनाउनुले ‘सामूहिकतामा एकता, हाम्रो विशेषता’लाई जीवन्त राख्न सघाउँदछ ।”
बुद्ध जयन्ती मानव जीवनमा शान्ति, अहिंसा, प्रेम र आत्मजागरणको महत्त्व दर्शाउने अवसर भएको उनको भनाइ छ । उनले भने, “वर्तमान विश्वमा द्वन्द्व, तनाव, हिंसा र असमानता व्याप्त रहेको अवस्थामा बुद्धका उपदेशहरुबाट मैत्री, करुणा, शान्ति, अहिंसाको मार्गमा हिड्न सहयोग पुग्न सक्छ, गौतमबुद्धको मध्यम मार्ग र अष्टाङ्गिक मार्गको सिद्धान्तले सबैलाई सत्य, नैतिकता र सन्तुलित जीवनको बाटो देखाउँदछ ।” यो जयन्ती मनाउनुको उद्देश्य आत्मनिरीक्षण गर्न, अज्ञानताको अन्धकार हटाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नु पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ ।
उपराष्ट्रपति यादवले आजकै दिन स्वाँया पुन्ही, उभौली पर्व, चण्डी पूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीलाई पनि शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण