रुसले इरानलाई सैन्य विमान दिने
बुधबार, १३ मङ्सिर २०८०, १५ : ४३

तेहरान । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् ।
अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकु जेट, मिल एमआई–२८ लडाकु हेलिकप्टर र याक–१३० जेट प्रशिक्षकहरूको आगामी आपूर्तिको पुष्टि गरे । “विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ”, उनले भने ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयु–३५ लडाकु विमान प्राप्त गर्ने गत जनवरीमा बताएका थिए ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान