वित्तीय, प्रशासनिक र कानुनी सङ्घीयता लागु भएन : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई क्षतिपूर्ति सहितको अधिकार चाहिएको बताए । कर्णाली प्रदेश पछि परेको नभई पछि पारिएको प्रदेश भएकाले विशेष अधिकार पाउनुपर्ने उनको भनाइ थियो । ठुलो र विकट भूगोल भएको कर्णालीमा जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनु राम्रो नभएको भन्दै उनले कर्णालीमा क्षतिपूर्ति सहितको सङ्घ सरकारले विशेष कार्यक्रम ल्याएर विकास गरिनुपर्ने बताए ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले सुर्खेतको वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको वित्तीय सङ्घीयता कार्यान्वयन विषयक प्रदेश स्तरीय कार्यशाला कार्यक्रममा मुख्यमन्त्री शर्माले सङ्घीयतालाई कार्यान्वयन गर्न सङ्घ सरकार केन्द्रीकृत मानसिकताबाट मुक्त भएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउन लाग्नु पर्ने बताए । उनले भने–'राजनीतिक सङ्घीयता कार्यान्वयन भइरहेका भए पनि वित्तीय, प्रशासनिक, कानुनी सङ्घीयता कार्यान्वयन गर्न सङ्घको रुचि देखिएको छैन । बरु अझै केन्द्रीकृत मानसिकता देखिएको छ ।'
राज्य प्रक्रियामुखी हुँदा परिणाममुखी कार्यान्वयन ढिला सुस्ती हुने गरेको बताउँदै शर्माले अहिले नेपालमा चलिरहेका विकास मोडेल असफल भएकाले पुनर्विचार गर्नु आवश्यकता भएको बताए ।
संविधानमा समाजवाद उन्मुख उल्लेख गरेकाले राजनीतिक दलको शीर्ष तहमा समाजवादको मोडेलका विषयमा छलफल गरेर अघि वढ्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले वित्तीय हस्तान्तरण संवैधानिक हक भए पनि कार्यान्वयन नहुदा दुखको विषय भएको बताए । उनले भने– 'स्थानीय तहले जनतालाई सेवा दिने, प्रदेशले विकास निर्माण गर्ने र सङ्घले नीति नियम बनाउने हो । तर यहाँ स साना कुरा पनि सङ्घले गर्न खोजिरहेको छ । '
विज्ञ पुरुषोत्तम नेपालले स्थानीय र प्रदेश सरकारले सङ्घ सरकारले जनतामा दिनुपर्ने सेवा कामको धेरै भन्दा धेरै हिसा ओगटे पनि वित्तीय, प्रशासन र कानुनी अधिकार दिन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शम्भुजितलाई दीर्घ साधना, उन्नतिदेखि शिवसम्मलाई सम्मान दिइने
-
कास्कीका पालिकाको बजेट : दबाबमा पोखरा, अरूको पैसा खर्च हुन सकेन
-
मध्यपहाडी राजमार्गको काम अलपत्र पार्ने कन्टेक प्रालिसँगको ठेक्का तोडियो
-
रास्वपा महाधिवेशन : सभापतिले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न
-
विद्यालयमा गोलीबारीपछि फिलिपिन्सले भिडियो गेममा लगायो प्रतिबन्ध
-
अभिनेता केसीले ल्याए गीत ‘दोलखा सिङ्गटी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण