शम्भुजितलाई दीर्घ साधना, उन्नतिदेखि शिवसम्मलाई सम्मान दिइने
सारांश
- १३औँ म्युजिक खबर म्युजिक अवार्डमा संगीतकार शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान दिइने भएको छ ।
- गीतकार उन्नति बोहरा, गायक शिव परियार लगायतलाई पनि सम्मान गरिने भएको छ ।
- यस अवार्डमा ३३ विधामा विभिन्न स्रष्टा र सिर्जनाहरूलाई अवार्ड प्रदान गरिनेछ ।
काठमाडौँ । आगामी आइतबार आयोजना हुन लागेको १३ औँ ‘म्युजिक खबर म्युजिक अवार्ड’ को सम्मान तथा पुरस्कार घोषणा भएको छ । आयोजक म्युजिक खबर डट कमले एक विज्ञप्ति जारी गर्दै पुरस्कार तथा सम्मान घोषणा गरेको हो ।
विज्ञप्तिका अनुसार अवार्ड समारोहमा प्रतिष्ठित सङ्गीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ अर्पण गरिनेछ । हजारौँ गीतमा सङ्गीत भरेका दिग्गज सङ्गीतकार बास्कोटालाई गीत संगीतमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै यो सम्मान दिन लागिएको हो ।
कार्यक्रममा गीतकार उन्नति बोहरा शिला, गीतकार विजय शिवाकोटी, गायक शिव परियार, गायिका कालिका रोका, गीतकार पुरुषोत्तम सानु र सुशीला पौडेल, सञ्चारकर्मी कुवेर गिरी र गोपीकृष्ण चापागाईँ लगायतलाई सम्मान गरिने अवार्डकी कार्यक्रमकी संयोजक सविता पोखरेलले जानकारी दिइन् ।
विगत १३ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको अवार्डको यो संस्करणमा राष्ट्रिय भावको गीत,पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, चलचित्र गीत लगायतका विविध ३३ विधामा विभिन्न स्रष्टा र सिर्जनाहरूलाई अवार्ड प्रदान गरिनेछ ।
विभिन्न सांगीतिक तामझाम सहित आयोजना हुने अवार्डमा संगीतप्रेमी माझ लोकप्रिय र प्रतिष्ठित अवार्ड मध्यको एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वार्षिक ८ लाखसम्म आफ्नै गाउँमा कमाइ हुँदो रहेछ, किन विदेश गइरहनु ? ’
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण