बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनेता केसीले ल्याए गीत ‘दोलखा सिङ्गटी’

बिहीबार, ११ असार २०८३, १२ : ३२
बिहीबार, ११ असार २०८३

सारांश

  • अभिनेता दिनेश केसीले 'दोलखा सिङ्गटी' नामक नयाँ गीत सार्वजनिक गरेका छन् ।
  • यो गीतमा दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालपन र पारिवारिक सङ्घर्षलाई समेटिएको छ ।
  • गीतको भिडियोमा जनकबहादुर खत्री, मीन कुमारी खत्री र दिनेश केसीले अभिनय गरेका छन् ।

काठमाडौँ । फिल्मका कलाकार गायनमा देखिने क्रम बढ्दो छ । यस्तैमा अभिनेता दिनेश केसी पनि पछिल्लो समय गायकको रूपमा देखिँदै आएका छन् । यस्तैमा केसीको स्वर रहेको नयाँ गीत ‘दोलखा सिङ्गटी’ सार्वजनिक गरिएको छ ।

अमृत भारतीको शब्द, रामकुमार नेपालीको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन रामकुमार नेपालीले नै गरेका छन् । गीतमा दोलखा जिल्लाको प्राकृतिक सुन्दरताको वर्णन गरिनुको साथै उनले बालपन, पारिवारिक सङ्घर्ष आदि समेत गीतमा सम्झिएका छन् ।

गीतको भिडियोमा जनकबहादुर खत्री, मीन कुमारी खत्री र दिनेश केसीको अभिनय छ । राजेश कुमारको छायाङ्कन रहेको भिडियो लिगेस भट्टराईले निर्देशन गरेका हुन् ।

अभिनेता केसीले खतरनाक, लाले, आइएम क्रेजीलगायत थुप्रै फिल्म तथा म्युजिक भिडियो अभिनय गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप