गण्डकी कांग्रेसको पहिलो सम्मेलन पुस ३ र ४ गते
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको पहिलो सम्मेलन पुस ३ र ४ गते पोखरामा हुने भएको छ । बिहीवार बसेको कार्यसम्पादन समितिको बैठकले पहिलो सम्मेलनको निर्णय गरेको हो ।
सम्मेलनलाई सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन भएको छ । महामन्त्री किरणबाबुु श्रेष्ठको संयोजकत्वमा संगठन प्रतिवेदन तयार समिति, महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार समिति, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक परिचालन समिति, सहमहामन्त्री कोपिला रानाभाटको संयोजकत्वमा स्वागत तथा सत्कार समिति गठन भएको छ ।
प्रदेश सम्मेलन अघि मंसिर मसान्तसम्म सबै जिल्लाको भेला सम्पन्न गरी प्रतिवेदन पठाउन निर्देशन दिइएको प्रवक्ता माधवप्रसाद बास्तोलाले जानकारी दिए । यस्तै, सदस्य सीता गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति र सदस्य अजित क्षेत्रीको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको छ । बैठकमा सभापति शुक्रराज शर्माले विभिन्न विभागमा मनोनयन गरिएकोबारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण