केपी ओली कप क्रिकेटको उपाधि जित्ने खेलाडीलाई सम्मान
पाँच लाख प्रदान गर्ने मुख्यमन्त्रीको घोषणा
बुधबार, २० मङ्सिर २०८०, १६ : ०९
जनकपुरधाम । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गरेका छन् ।
मुख्यमन्त्री यादवले बुधबार खेलाडी एवं पदाधिकारीहरुलाई सम्मान गरेका हुन् ।
सो अवसरमा उनले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको पूर्वाधार विकास गरिने बताए ।
मुख्यमन्त्री यादवले विजयी टिमलाई प्रोत्साहनस्वरूप पाँच लाख प्रदान गरिने घोषणा पनि गरे ।
मुख्यमन्त्री यादव, प्रदेशसभा सदस्य रामाशीष यादव र प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडी, प्रशिक्षक एवं पदाधिकारीहरुलाई सम्मान गरेका थिए ।
पोखरामा मंसिर १५ गते भएको फाइनल खेलमा मधेस प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण